दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शैल्यशिखर गाउँपालिका वडा-६ का सचीव मनोहर धामीका अनुसार जिपमा कति जना यात्रु थिए भन्ने कुरा खुलेको छैन। विस्तृत विवरणसमेत आउन नसकेको उनको भनाइ छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी घटनास्थल पुगेको उनले बताए।
.gif)