बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

पश्चिम सेती : आज सम्झौतामा हस्ताक्षर हुँदै


पश्चिम प्रेस
बिहीबार , भदौ २ २०७९
  • 499
    Shares

  • images
    images
    पश्चिम सेती : आज सम्झौतामा हस्ताक्षर हुँदै

    महेन्द्रनगर । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजना विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ । 
     सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२ औं बैठकले पश्चिम सेती तथा सेती नदी(६ जलविद्युत परियोजना विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको हो । 
     लगानी बोर्डले आज साझ ५ बजे सोल्टी होटेलमा प्रधामन्त्री शेरबहादुर देउवाको उपस्थीतीमा समझदारीपत्रमा हस्ताक्षर गर्ने भएको छ । अस्टूेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजले लामो समयसम्म होल्ड गरेर राखेको पश्चिम सेती आयोजना सम्भाव्यता अध्ययन भएको ४० वर्षपछि निर्माणको जिम्मा पाउनेमा भारतीय कम्पनी तेस्रो नम्बरमा छ । लगानी बोर्डको २०७८ असार ८ गतेको बैठकले पश्चिम सेती र एसआर(६ जलविद्युत परियोजनाको विकास तथा लगानीबारे अध्ययन गर्न राष्टिूय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले करिब आठ महिना लगाएर बोर्ड समक्ष प्रतिवेदन पेस गरेको थियो ।
     बोर्ड बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी(६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसी लिमिटेडसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ । त्यस्तै ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी(२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइडूोलाई सर्वेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय पनि गरेको छ ।
     त्यसैगरी माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यस्थापनको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा समेत बैठकले निर्णय गरेको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको तथा तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डीपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ ।


  • सम्बन्धित विषय:

  • # पश्चिम सेती
  • # सम्झौतामा हस्ताक्षर
  • प्रतिक्रिया दिनुहोस