महेन्द्रनगर । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा बषाृको सम्भावना रहेको छ । त्यसैगरि आज सुदुरपश्चिम प्रदेशमा भारी बर्षा हुन सक्ने देखिएको छ ।
त्यसैगरि शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिमका केहि स्थानमा भारी बर्षाको आकलन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
.gif)