महेन्द्रनगर । दार्चुलामा बालबालीकाहरुलाई भाद्र ६ गतेबाट कोरोना बिरुद्धको खोप दिइने भएको छ । भदौ ६ देखि १० गते सम्म ५ देखि ११ बर्ष उमेर समुहका बालबालीकालाई फाईजर खोप दिइने भएको हो । जिल्लाका २० हजार ३ सय ९२ जना बालबालीकालाई उक्त खोप दिने लक्ष्य रहेको र त्यसको लागी आवश्यक तयारी पुरा भएको स्वास्थ्य कार्यालय दार्चुलाले बताएको छ । दार्चुलामा पहिलो पटक ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिन लागिएको हो ।
.gif)