शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

माओवादी पदाधिकारीमा २१ सदस्य


पश्चिम प्रेस
शनिबार, भदौ ४ २०७९
  • 496
    Shares

  • images
    images
    माओवादी पदाधिकारीमा २१ सदस्य

    काठमाडौँ, लामो प्रयासपछि नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गर्नुभएको हो । माओवादी केन्द्रीय कार्यालयका अनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ । यो प्रस्ताव केही समय पहिल्यै गरिएको भए पनि आजको बैठकमा पुनः पेश गरिएको छ । यस्तै महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गरिएको छ ।

    पार्टी महाधिवेशन सम्पन्न भएको आठ महिना अध्यक्ष दाहालले २१ सदस्यीय पदाधिकारी चयन गर्ने गरी प्रस्ताव गरिएको हो । माओवादीले गत पुसमा आठौं महाधिवेशनको आयोजना गरेको थियो । स्रोतका अनुसार उपमहासचिवमा नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत प्रस्तावित हुनुहुन्छ । त्यस्तै सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम प्रस्ताव गरिएको छ ।

    यसैगरी कोषाध्यक्षमा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललाई प्रस्तावित गरिएको छ । यो प्रस्तावलाई बैठकले छलफलसहित अनुमोदन गर्ने तयारी छ । लामो समयसम्म पदाधिकारी चयन हुननसकेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताबाट आलोचना भइरहेको सन्दर्भमा त्यसलाई टुङ्गो लगाउन खोजिएको पार्टीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • प्रतिक्रिया दिनुहोस