आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

रमेश लेखक : जसले दोधारा चादँनीलाई मुलधारसित जोडे 


मंगलबार, भदौ ७ २०७९
  • 3.2K
    Shares

  • images
    images
    रमेश लेखक : जसले दोधारा चादँनीलाई मुलधारसित जोडे 

    महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गंगादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइसरी कञ्चनपुरको दोधारा चादँनी आयो ।
    जोशीको परिवार जाजरकोटबाट बसाइसरेपनि कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारीको दोधारा चादँनीमा त्यो बेला अभाव र संर्घष झेल्नु प¥यो ।
    “बन्यजन्तुको त्रासदीदेखि सदरमुकाम महेन्द्रनगर पुग्न पनि निकै कठिन दिन विगतमा थिए ।” उपप्रमुख जोशीले भने–“अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।”
    कञ्चनपुरको टापूको बस्तीका रुपमा चिनिएको दोधारा चादँनीमा २०२२ सालको सेरोफोरोमा बसोबास थालिएपनि महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै सुखःका दिन आएको जोशीको भनाई छ ।
    “२०५८ सालमा तत्कालिन जनप्रतिनधी रमेश लेखकको विशेष पहलमा दोधारा चादँनी जोड्ने झोलुङ्गे पुल बनेपछि हामी सदरमुकाम र मुलधारसित जोडिएका हौं ।” उनले भने–“त्यसअघिका दोधारा चादँनीबासीको पीडा अहिले शब्दले व्यक्त गर्न सकिदैनन् ।”
    झोलुङ्गे पुल बन्नुअघि हिउँदमा घण्टौं बगरमा हिडेर महेन्द्रनगर लगायतका ठाउँमा आवात जावत गर्नुपरेको थियो । “ बर्षातमा स्याउले हुदै भारतीय बनबासाको पुल हुँदै नेपाल आउनुपर्ने बाध्यता थियो ।” उनले भने–“बनबासा पुल पुग्नुअघि डाँका लाग्नेदेखि जंगलमा जनावरको त्रास हुन्थ्यो ।” 
    महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि ढुंगा र भारतीय भूमिबाट ओहोर दोहोर गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएका दोधारा चादँनीबासी अहिले ठुला सवारीसाधन लिएर निमार्णाधीन चार लेनको पक्की पुलबाट सहज रुपमा आवत जावत गरिरहेका छन् । “कांग्रेश नेता रमेश लेखक भौतीक पुर्वाधार मन्त्री भएका बेला महाकालीमा पक्की पुल बन्यो उनकै पहलमा अहिले सुख्खा बन्दरगाहका लागि १ अर्ब बजेट आएको छ ।” उनले भने–“दोधारा चादनीको विकासका लागि लेखकले खेलेको भुमिकाले आज दोधाराबासीले भारतीयबाटो भएर महेन्द्रनगर जानुपर्ने बाध्यता हटेको छ ।”  त्योबेला यहाँ वन फाडेर खेतीपाती गर्नुपर्ने तर खाद्यान्न लिन भारतकै भर पनुपर्ने बाध्यता रहेको दोधारा चादँनी नगरपालिका–१ का स्थानीय राजेन्द्र चन्दले बताए । “न यहाँ एम्बुलेन्स थिए नत त डाक्टर नै ।” चन्दले भने– “नेता लेखकले दोधारा चादनीलाई मुलधारसित जोडे अहिले विगतको पीडा हटेको छ । ” सडक, स्वास्थ्य, शिक्षाको पहुँचबाट टाढा रहेको यहाँ ५० को दशकअघि स्थानीयले निकै समस्यासित जुध्नु परेको उनले बताए  । 
    “अहिले त स्याउलेदिख कुतियाकवरसम्म पक्की सडकदेखि हरेक खोला नालामा पक्की पुल बनिसके ।” उनले भने–“ सुख्खाबन्दरगाह र चार लेनको पक्की पुलले दोधारा चादँनी आर्थिक स्मृद्धिको हब भइसक्यो यसको श्रेय नेता लेखकलाई जान्छ ।”
    “ झोलुङ्गे पुलबनेपछि दुखः कष्ट नै हरायो ।” उनले भने–“ चार लेनको पक्की पुल र सुख्खाबन्दगाहले सुदूरपश्चिमकै आर्थिक विकासमा टेवा पुग्ने छ ।” केही बर्षअघि भारतीय नोटको कारोबार हुने गरेको दोधारा चादँनीमा अहिले त्यो विस्थापित भइसकेको चन्दको भनाई छ ।
    “ यहाँ विकासका ठुला आयोजनाहरु आउँदा जग्गाको कारोबार समेत ह्वात्तै बढेको छ ।” उनले भने–“ अब दोधारा चादँनी विकट होइन, जिल्लाकै आर्थिक गतिविधीको मुख्य स्थान बन्नेमा हामी आशावादी छौं ।”
    २६ हजार भन्दा बढी मतदाता रहेको दोधारा चादँनी कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ मा पर्छ । दोधारा चादँनी नगरपालिका बन्नु अघि यहाँ २ वटा गाविस थिए ।
    सरकारले नै वन फडानी गरेर बस्ती बसाउन थालेपछि २०२२ साल यता विभिन्न व्यवसाय तथा रोजगारीका लागि भारत जानेहरु त्यो बेला यहाँ बस्न थालेका हुन ।
    महाकाली नदीमा आउने बाढी नियन्त्रणका लागि बर्षौअघि यहाँ नदी क्षेत्रको २२ किलोमिटर तटवन्ध निर्माण भएको थियो । पछिल्ला बर्षहरुमा बाढीले कटान गर्दै बस्ती बस्ने खतरा बढ्न थालेपछि यहाँ तटवन्ध निर्माणमा पनि जोड दिइएको छ ।
    बाजुराबाट २०३२ दोधारा चादँनी सरेका दोधारा चादँनी नगरपालिका–४ का ७३ बर्षीय भीमबहादुर सिंहले आफू यहाँ आउँदा कुवा कोरेर पानी खाएको बताए ।
    “ पिढो पिसाउनका लागि भारतीय बस्तीमा जानुपर्ने बाध्यता थियो ।” उनले भने–“ महाकाली तरेर महेन्द्रनगर आउन कहानी नै हुन्थ्यो ।” उनले २० बर्ष आफैं ढुंगा चलाएर पारवार गराएको बताए । “ ढुंगामा मान्छे तारेको प्रतिव्यक्ति रु ५ लिन्थे तर स्थानीयबाट लिदैन थिए ।” उनले भने––“ एक चोटीमा ४० क्वीन्टलसम्म तार्थे अहिले त्यो बाध्यता हटेको छ आगनमै छ पाङ्ग्रे ट्रक आउछन ।” उनले पुल बनेपछि ढुंगा बन्द भएको बताउँदै अहिले धेरै परिर्वतन भइसकेको बताए । “ अहिले निर्वाचित भएर गएकाहरुले यो पाँच वर्षमा दोधारा चादनीका लागि एउटा योजना समेत ल्याउन सकेनन । ” उनले भने– “यो क्षेत्रमा रमेश लेखक आएपछि मात्रात्रै दोधरा चादनीको मुहार फेरिएको हो ।”


  • सम्बन्धित विषय:

  • # दोधारा–चाँदनी


  • प्रतिक्रिया दिनुहोस