शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच भन्दा बढी


पश्चिम प्रेस
मंगलबार, भदौ ७ २०७९
  • 659
    Shares

  • images
    images
    भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच भन्दा बढी

    नयाँदिल्ली । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ५६ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ९ हजार पाँच सय ३१ जनामा सङ्क्रमण देखापरेको थियो ।

    दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार पाँच सय छ जना रहेका छन् ।कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सस ७० भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ३३ हजार छ सय २४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

    भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित
  • प्रतिक्रिया दिनुहोस