शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै


पश्चिम प्रेस
बिहीबार , भदौ ९ २०७९
  • 394
    Shares

  • images
    images
    नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै

    काठमाडौँ, नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुहुनेछ । भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस