महेन्द्रनगर । कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बैलौरी–कलुवापुर सडकखण्ड अन्तर्गत रामनगरमा कलुवापुरबाट बेलौरी आउँदै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से३प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका(५ गुलरियाका १८ वर्षीय विमल रानाको उपचारको क्रममा इशान मेमोरियल अस्पताल बैलौरीमाभएको प्रदेश प्रहरीले जनाएको छ ।
.gif)