शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

देशका केहि स्थानमा भारी बर्षाको सम्भावना


पश्चिम प्रेस
शनिबार, भदौ ११ २०७९
  • 594
    Shares

  • images
    images
    देशका केहि स्थानमा भारी बर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    देशका बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेशका थोरै स्थानका साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान महाशाखा
  • प्रतिक्रिया दिनुहोस