शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना


पश्चिम प्रेस
शनिबार, भदौ ११ २०७९
  • 454
    Shares

  • images
    images
    भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

    भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

    पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७१ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच, मलेसियामा कारोना लागेर छ जनाको मृत्यु भएको तथा तीन हजार एक सय १८ जना नयाँ बिरामी थपिएका छन् । शुक्रबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • प्रतिक्रिया दिनुहोस