महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा तरकारीमा विषादी परिक्षण गर्ने प्रयोगशाला नहुँदा विषादी परिक्षणका लागि अत्तरिया धाउनुपर्ने बाध्यता छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका सुचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफुलमा विषादी परिक्षण गनुपर्ने भएपनि प्रयोगशाला र प्राविधिक नहुँदा परिक्षणका लागि अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । गड्डाचौकीबाट अत्तरिया ६० किमिको दुरीमा छ । जसले गर्दा परिक्षणका लागि नमुना पठाएपनि रिर्पोट आउन एक÷दुई दिनसम्म सयम लाग्ने गरेको छ ।
“विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिकहरु नै छन गाडीमा आएको तरकारीको परिक्षण गर्न अत्तरिया पठाउछौं ।” सुचना अधिकारी जोशीले भन्नुभयो “रिर्पोट आउन कम्तिमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साझसम्म पठाउँछौ ।”उहाँले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाही समय बढी लाग्ने गरेको बताउँनुभयो । सब्जिमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाई गनुपर्ने बताउँनुभयो । “भन्सार कार्यालयमा प्रयोगशाला नभएपनि कुहिएको तरकारी त रोक्नुपथ्र्यो तर त्यसो छैन ।”
उहाँले भन्न्ुभयो “आखाले हेरेर कुहिएको तरकारी रोके मात्रै पनि यहाँका उपभोक्तालाई धेरै राहत हुन्छ ।” पछिल्लो केही वर्ष यता कञ्चनपुरमा भारतबाट आउने तरकारीमा कमी आएको छ । अहिले डडेल्धुराबाट तरकारी आयात हुने गरेको व्यवसायिहरु बताउँछन ।“आलु र प्याज मात्रै भारतबाट आउने गरेको छ ।” सब्जिमण्डीका तरकारी व्यवसायी सन्तोष महरले भन्नुभयो “७० प्रतिशत स्थानीय उत्पादन छ ३० प्रतिशत मात्रै बाहिरबाट आउँछ ।” सिजनको बेला स्थानीय उत्पादन प्रशस्त हुने भएपनि शीतभण्डारको अभावका कारण अफ सिजनका बेला भारतबाट तरकारी आयात हुने गरेको छ ।
.gif)