महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार महेन्द्रनगर आउँदै हुनुहुन्छ ।
आज(बुधबार) दिउँसो महेन्द्रनगरमा हुने जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली महेन्द्रनगर आउने कार्यक्रम तय भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले बताए । जनसभामा नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कने नेतालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्ने उनले बताए । “कैलाली–कञ्चनपुरका थुप्रै नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम छ उहाँहरुलाई पार्टी अध्यक्षले स्वागत गर्नुहुन्छ ।” उनले भने–(“पार्टीमा फर्किने नेताहरुलाई पार्टीको निति अनुसार केन्द्र,प्रदेश र जिल्लामा जिम्मेवारी दिईन्छ ।”
बुधबार महेन्द्रनगरमा हुने जनसभामा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ लगायतका नेकपा (एकीकृत समाजवादी)का नेता पार्टी प्रवेश गर्ने कार्यक्रम छ ।
.gif)