शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु


पश्चिम प्रेस
बुधबार, भदौ १५ २०७९
  • 429
    Shares

  • images
    images
    निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु

    काठमाडौँ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको छ । उहाँसँग समितिले वयान लिन सुरु गरेको छ । उक्त समितिको यही भदौ ८ गतेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज समितिमा आउनुभएको हो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे ।

    संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई उहाँमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस