महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन एमालेले जित्नुपर्ने बताए ।
बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले हारे देशले हार्ने बताए । “एमाले हारे देश हार्छ एमालेले जिते मात्रै देशले जित्छ ।” उनले भने– “आउनुहोस देश बनाउने अभियानमा एमालेसंग जोडिनुहोस ।” त्यसैगरी एमालेले आगामी संसदीय निर्वाचनबाट १ सय ५० सिट जित्ने दाबी गर्नुभएको छ ।समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गर्नु भएको हो । “आगामी मंसिर चार गते गठबन्धनलाइ परास्त गर्दै एमालेले एक सय ५० सिट जित्छ ।” ओलीले भने–“अवैध गठबन्धले जिते देशले हार्छ देशले जित्न एमालेले जित्नुपर्छ ।”
त्यसैगरी उनले परमादेशबाट बनेको सरकारले राष्ट्रिय हीत विपरीत काम गरेको बताए । उनले आफु प्रधामन्त्री हुँदा कालापानी लिपुलेक सहितको नक्सा जारी गरेको बताउदै अहिलेको गठबन्धनको सरकारले भुमी फिर्ता ल्याउन पहन नगरेको बताए ।“देउवा भारत गए म्याउ म्याउ गरेर आए अर्काको त केही सुनिएन ख्यास ख्यास खुसखु मात्रै हो ।” उनले भने–“म सरकारमा हुँदाका बखत भारतलाई थुप्रै पत्र पठाएको हो ।”
कार्यक्रममा उपस्थीत नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्टले गठबन्धन सरकाले नागरिकता पविधेयक जस्ता राष्ट्रघाती काम गरिरहेको बताए ।
त्यसैगरी कार्यक्रममा नेकपा एकिकृत समाजबादीका शीर्ष नेताले पाटीए परित्याग गरी एमाले प्रवेश गरेको छन । बुधबार उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन ।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उप सचिव तथा पूर्व मन्त्री मा सक्रिय रहेकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका निवर्तमान मेयर तथा समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन ।
यस्तै आजै मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन ।
उनीहरु सबैलाई अध्यक्ष ओलीले गम्छा ओढाएर स्वागत गरेका छन ।
.gif)