शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

डेंगु बाट बच्ने उपाय


पश्चिम प्रेस
शुक्रबार, भदौ १७ २०७९
  • 895
    Shares

  • images
    images
    डेंगु बाट बच्ने उपाय

    महेन्द्रनगर । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाई बाट संक्रमण हुने रोग हो । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने , रिङगटा लाग्नुका साथै जिउ दुख्ने लगायतका लक्षणहरु देखा पर्दछन ।

    अहिले बर्षातको समय भएकोले डेंगुको संक्रमण बढीरहेको छ । डेंगु रोगको कुनै खास उपचार वा खोप हुदैन ्र तेसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो । लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकोले सकेसम्म पानि एकै ठाउँमा लामो समय सम्म जम्मा हुन दिनुहुँदैन ।

    डेंगुको संक्रमण बाट बच्नको लागी पानी भरेको भाडाकुडाहरु लाई छोपेर राख्ने र्गुपर्छ यसको साथै सके सम्म पुरै बाउला भएको लुगा कपडाहरु लगाउनु पर्छ र आफ्नो घरका झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरि जाली र पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ । सरसफाईमा बिशेष ध्यान दिनु पर्छ ।

    घर बाहिर जानुपरेमा वा घर बाहिर बस्नुु परेमा लामखुट्टे भगाउने क्रिम शरिरमा लगाएर जानु पर्छ । प्रशस्त मात्रामा झोलीलो पदार्थ खाने , सुर्योदय भएको २ घण्टा पछि र सुर्यास्त हुनु २ घण्टा अघी डेंगु गराउने लामखुट्टेले बढी टोक्ने भएकाले उक्त समयमा बढी सचेत रहने गर्नुपर्छ । 
     


  • सम्बन्धित विषय:

  • # डेंगु
  • प्रतिक्रिया दिनुहोस