महेन्द्रनगर । हुम्ला र मनाङ बाहेक देशका ७५ जिल्लाहरुमा डेंगुको सङ्क्रमण देखा परेको छ । काठमाडौँ उपत्यका र ललितपुरमा सबै भन्दा बढी डेंगुको सङ्क्रमण देखा परेको हो । गत जनवरी देखि हालसम्म नेपालमा ५ हजार २९ जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
अहिले बिशेष गररु काठमाडौँ उपत्याका सहित तराईका जिल्लाहरुमा डेंगुको सङ्क्रमण बढी देखिन थालेको छ । नेपालमा हाल डेंगुको सङ्क्रमण बढ्दै गएकोले स्वास्थ्य सङ्कटकाल लगाउने बिषयमा छलफल सुरु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
.gif)