महेन्द्रनगर । अधिकांश मानिसहरु लाई मोटोपन को समस्याले पिरोली रहेको हुन्छ । आफ्नो तौल घटाउनको लागी अनेक प्रयत्न गरिरहेका हुन्छन । अहिले बढीजसो सहरमा बसोबास गर्ने नागरीकहरुमा मोटोपनको समस्या देखिएको हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्याउन सकिरहेको हुँदैनन् । जसकारण उनिहरुमा मोटोपनको समस्या बढी देखिएको हुन्छ ।
तौल कम गर्नको लागी खानामा बिषेश ध्यान दिनु पर्छ । पोषण युक्त खाना खानुका साथै चिल्लो पदार्थ जतिसक्दो कम भएको खाना मात्रै खानु पर्छ । हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्न सकिन्छ । त्यसैगरी दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने गर्नुपर्छ । यस्तो गर्नाले भोक कम लाग्छ ।
भोक लागेको बेलामा केही थोरै खानाले लाभ मिल्छ । समय पाउनेबित्तिकै र अवस्थाले साथ दिएसम्म गीत बजाएर नाच्न पनि सकिन्छ । यसो गर्दा मनोरन्जनका साथै क्यालोरीपनि खर्च हुन्छ । जसले तौल घटाउनमा सशयोग पुर्याउँछ । यसको साथै तौल घटाउनको लागी हामीले लिने क्यालोरीको मात्रा भन्दा पनि शरीरको क्यालोरी उपयोग गर्नु हो । व्यायाम गरेर वा क्यालोरीको मात्रा रोकेर यो सफलता प्राप्त गर्न सकिन्छ।
.gif)