महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले सोमबार स्थानीय दैजी बजारमा अनुगमन गरेको छ । नगरपालिकाको बजार अनुगमन टोलीले अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूची नराखेको पाइएको छ ।
अनुगमन टोलीले विभिन्न पसल बाट अखाद्य बस्तु तथा म्याद नाघेका खाद्यबस्तु समेत बरामद गरेको छ । अनुगमनका क्रममा ८० प्रतिशत पसलमा म्याद नाघेका अखाद्य बस्तु भटिएको बेदकोट नगरपालिका बजार अनुगमन टोलीका संयोजक पदम बहादुर ठकुराठीले बताए । “अधिकांश पसलमा मुल्यसुची नै छैन म्याद गुज्रेका सामानहरु बिक्रि वितरण गरिएको पनि भेटियो ।” उनले भने–“पहिलो पटक म्याद गुज्रेका सामान बिक्रि नगर्न सचेत गराएका छौ ।”
दोस्रो पटक पनि अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य वस्तु भेटिए नगरपालिकाले कानुन बमोजिम कार्बाही प्रक्रिया अघि बढाउने उनले बताए ।
.gif)