शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता


पश्चिम प्रेस
सोमबार, भदौ २० २०७९
  • 384
    Shares

  • images
    images
    विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता

    नयाँदिल्ली । पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन् । हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ ।

    दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए । उनीहरू कामबाट फर्केका थिए । राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन् । भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका प्रमुख साधन हुन् । विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # भारत
  • प्रतिक्रिया दिनुहोस