शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सिट बाँडफाँट समयमा नै हुन्छ : अध्यक्ष भट्टराई


पश्चिम प्रेस
सोमबार, भदौ २० २०७९
  • 679
    Shares

  • images
    images
    सिट बाँडफाँट समयमा नै हुन्छ : अध्यक्ष भट्टराई

    रासस । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताउनुभएको छ । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुग्नुभएका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताउनुभयो ।

    सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन नसके पनि अन्त्यमा सबैको सहमतिमै बाँडफाँट हुने उहाँको भनाइ थियो । अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको उहाँको भनाइ थियो ।


  • सम्बन्धित विषय:

  • # गठबन्धन
  • # सिट बाँडफाँट
  • # नेपाल समाजवादी पार्टी
  • # डा बाबुराम भट्टराई
  • प्रतिक्रिया दिनुहोस