शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

डेंगुको घरेलु उपचार 


पश्चिम प्रेस
मंगलबार, भदौ २१ २०७९
  • 959
    Shares

  • images
    images
    डेंगुको घरेलु उपचार 

    महेन्द्रनगर । डेंगु लामखुट्टेको टोकाई बाट हुने रोग हो । डेंगु बालबालीका देखि लिएर बृद्धबृद्धा सबैमा हुनसक्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने , रिङगटा लाग्नुका साथै जिउ दुख्ने लगायतका लक्षणहरु देखा पर्दछन । डेंगुबाट बच्नको लागी सबै भन्दा पहिले लामखुट्टेको टोकाई बाट बच्नु पर्छ ।

    यसको साथै छोपेर राखेको पानि मात्रै खानुका साथै सुत्दा खेरि झुल भित्र मात्रै सुत्ने गर्नुपर्छ । डेंगुको संक्रमण भईहालेमा बिभिन्न किसिमका घरेलु उपचारहरुको प्रयोग गर्न सकिन्छ । जस्तै पचाउन सजिलो राम्रोसित पकाएको मनतातो सादा खानेकुरा खानुपर्छ ।

    त्यसैगरी पर्याप्त मात्रामा उमालेको मनतातो वा सेलाएको पानी, गुर्जोको लहरा थिचेको, अदुवा, तेजपत्ता ,ल्वाङ , २् / ३ दाना मरिच र तुलसीका २् / ४ पात पनि राखेर उमालेको पानी समय समयमा पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खानेगर्नु पर्छ जसले शरीरमा शक्ति प्रदान गर्नुका साथै रोगप्रतिरोधी क्षमताको बिकास गराउँछ । 

     


  • सम्बन्धित विषय:

  • # डेंगु
  • प्रतिक्रिया दिनुहोस