महेन्द्रनगर । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ । अनन्त चतुर्दशीका दिन लाग्ने जात्रा भाद्र द्धादशीबाट शुरु भएको हो । भाद्र शुक्ल द्धादशीबाट शुरु हुने जात्रा तीनरात जाग्राम बस्ने भक्तजनहरु आजै बाट मन्दिरमाबस्न शुरु गर्दछन ।
चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको छ । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पुजारी लोेकराज भट्टले बताउनु भएको छ । यो जात्रामा छिमेकी देश भारतका भारतीय दर्शनार्थी समेत दर्शन गर्नको लागी आउने गरेका छन ।
.gif)