आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

घुँडाको दुखाई कम गर्ने घरेलु उपाय 


पश्चिम प्रेस
बुधबार, भदौ २२ २०७९
  • 605
    Shares

  • images
    images
    घुँडाको दुखाई कम गर्ने घरेलु उपाय 

    महेन्द्रनगर । बिस्तारै चिसो मौसम सुरु हुन थालेको छ । चिसो मौसममा जोर्नी र घुँडा दुख्ने समस्या पनि अधिकांश मा हुने गर्दछ । घुँडाको दुखाई हुँदा हिन्न र खुट्टा चलाउँदा अत्याधिक दुख्ने गर्दछ । घुँडाको दुखाई कम गर्नको लागी सकेसम्म चिसो बाट बच्नुपर्छ । लामो समयसम्म उभिएर तथा बसेर काम गर्नु हुँदैन ।

    घुँडाको दुखाई कम गर्न बिभिन्न् किसिमका घरेलु उपायहरु अपनाउन सकिन्छ । दैनिक अदुवा, बेसार र मरिच लाई मनतातो पानि मा मिलाएर खानु पर्छ जसले हड्डीको दुखाइ र कडापनलाई कम गर्छ । यस्को साथै सन्तुलित आहारमा बिशेष ध्यान दिनुपर्छ । हरेक दिन व्याम गर्नु पर्छ जसले मांसपेसीलाई मजबुत बनाउनुका साथै दीर्घकालीन रुपमा दुखाइ कम गर्न सहयोग पुगाउँछ ।

    व्यवहारमा नम्रता छैन भने सम्बन्ध फल विनाको वृक्ष जस्तै हुन्छ, जबकी नाम सबैले लिन्छन् तर मन कसैले पराउँदैन । (2).png

    तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने र नियमित रुपमा तातो तेलले जोर्नी दुखेको ठाउमा मालिस गर्ने। यसो गर्दा घुँडाको दुखाइ कम हुन्छ। साथै अत्याधीक दुखाइ छ भने मेथीको बिउलाई पनि पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ। यसले घुँडाको दुखाई लाई कम गर्ने गर्दछ । 


  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • प्रतिक्रिया दिनुहोस