शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

रक्तदान गरी मनाउनुभयो अध्यक्ष लिङ्देनले जन्मोत्सव


पश्चिम प्रेस
बुधबार, भदौ २२ २०७९
  • 517
    Shares

  • images
    images
    रक्तदान गरी मनाउनुभयो अध्यक्ष लिङ्देनले जन्मोत्सव

    काठमाडौँ ।  जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाउनुभएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा जानु भई रक्तदान गर्नुभएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

    रक्तदानपछि अध्यक्ष लिङ्देनले भन्नुभयो, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।” केन्द्रका निर्देशक पौडेलले भन्नुभयो, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस