शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दक्षिण कोरिया ,भारत र पाकिस्तानका कोरोना सङ्क्रमित


पश्चिम प्रेस
बुधबार, भदौ २२ २०७९
  • 388
    Shares

  • images
    images
    दक्षिण कोरिया ,भारत र पाकिस्तानका कोरोना सङ्क्रमित

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् ।

    हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख ९१ हजार नौ सय ६१ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् । मङ्गलबार कोरोना सङ्क्रमणको कारण ४६ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार दुई सय ४९ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यसैबीच भारतमा एकै दिनमा पाँच हजारभन्दा बढीमा कोरोना सङ्क्रमिण्त भएका छन् । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म पाँच हजार तीन सय ७९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।

    यसैसँगै भारतमा चार करोड ४४ लाख ७२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा चार हजार चार सय १७ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार पाँच सय ९४ जना रहेका छन् ।

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । चौविस घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरात कोरोना सङ्क्रमणबाट भारतमा २७ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ५७ जनाको मृत्यु भएको छ ।

    भारतमा हिजो एक दिनमा सात हजार ९४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३८ लाख ९३ हजार पाँच सय ९० जना कोरोनामुक्त भएका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १४ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

    यसैबीच भारतको छिमेकी देश पाकिस्तानमा मङ्गलबार थप एक सय ५८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यसैसँगै पाकिस्तानमा १५ लाख ७० हजार चार सय ६२ जना कोरोना कूल सङ्क्रमित भएका छन् । पाकिस्तानमा मङ्गलबार कोरोना सङ्क्रमणको कारण एक सय पाँच जनाको मृत्यु भएको छ । कोरोना शुरु भएयता पाकिस्तानमा ३० हजार पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । रासस । 


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित
  • प्रतिक्रिया दिनुहोस