मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने


पश्चिम प्रेस
बिहीबार , भदौ २३ २०७९
  • 553
    Shares

  • images
    images
    बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने

    काठमाडौँ, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ । पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो ।

    कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले राससलाई जानकारी दिनुभयो ।

    समितिको टिकट काउन्टर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ । होटलमा आउने पर्यटक ५ बजे आएर राति बस्ने बिहान बौद्धनाथ क्षेत्रमा छिर्दा टिकट नलिने गरेको पाइएको समितिले जनाएको छ । होटल व्यवसायी, पथप्रदर्शक र टिकट काउन्टरमा खटिने कर्मचारीको मिलेमतोमा समेत टिकट नलिएका पर्यटकलाई बौद्धनाथ क्षेत्रमा प्रवेश गराउने गरिएको छ ।

    होटल, पथप्रदर्शक र टिकट काउन्टरका कर्मचारीको निगरानी गरी सुरक्षाकर्मीले जाँच गरेका बेला पर्यटकसँग टिकट माग्दा नपाएमा पथप्रदर्शक र पर्यटक बस्ने होटललाई कारबाहीको दायरामा ल्याउनका लागि पहिलो चरणमा होटल व्यवसयायीसँग समितिले छलफलसमेत गरेको छ । समितिले सार्क मुलुकका पर्यटकसँग रु एक सय र सार्क बाहिरका पर्यटकसँग रु चार सय शुल्क लिने गरेको छ । बौद्ध क्षेत्रमा मासिक हजारौँ पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # ‘पर्यटक
  • प्रतिक्रिया दिनुहोस