शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त


पश्चिम प्रेस
शुक्रबार, भदौ २४ २०७९
  • 424
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त

    प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताउनुभएको छ । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गर्नुभएको प्रधानमन्त्री देउवाले सन्देशमा बताउनुभएको छ ।

    महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गर्नुभएको नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उहाँलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हाल्नुभएका उहाँ ७० वर्षसम्म गद्दीनशीन हुनुहुन्थ्यो ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस