महेन्द्रनगर । कैलालीको मोहना नदीमा मृत भेट्टिएकी आस्था शर्माको गोजीमा नारी शिर्षकको कविता लेखिएको कागज भेटिट्एको छ । उक्त कविता मार्फत उनले नारीका पिडाहरु उल्लेख गरेकी छन । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनी एक किशोरको प्रेममा थिइन् । तर, ती किशोरले आस्थाको उमेर सानै भएका कारण अहिले नै प्रेम सम्बन्धमा बस्न नहुने भन्दै उनलाई सम्झाएका थिए ।
त्यसपछि ती किशोरले आस्थालाई फेसबुकमा ब्लक गरेको प्रहरीको अनुसन्धान बाट खुल्न आएको छ । एकोहोरो प्रेममा परेकी उनको प्रेम प्रस्ताव अस्विकार भएको एबम् फेसबुक बाट समेत ब्लग गरेको हुनाले मोहना नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । थप हनुसन्धान जारी रहेको छ ।
.gif)