सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

टाउको दुखाईको घरेलु उपचार 


पश्चिम प्रेस
शुक्रबार, भदौ २४ २०७९
  • 819
    Shares

  • images
    images
    टाउको दुखाईको घरेलु उपचार 

    महेन्द्रनगर । अधिकांश मानिसहरुमा टाउको दुख्ने समस्या हुन्छ । टाउको दुख्ने अनेकौँ कारणहरु हुन सक्छन । जस्तै तनाव, कामको प्रेसर ,जीवनशैली, खानपान, मौसम र सहनशक्तिको अभाव का साथै लामो समय सम्म मोबाइल तथा ल्यापटप वा टेलिभिजन आदि हेर्नाले पनि टाउको दुख्ने समस्या हुन सक्छ ।

    तर टाउको दुखाई लाई सामान्य रुपमा लिनु हुँदैन यो आफैँमा रोग होइन तर अरु रोगहरु को लक्षण को रुपमा यसलाई लिइन्छ । सामान्य देखिए पनि टाउको दुखाईलाई वेवास्ता गर्नुहुदैन । यदि लगातार टाउको दुखेमा चिकित्सकको परामर्श लिनुपर्छ । तर कहिले काँही तत्काल चिकित्सक कहाँ जान  नसकिने अवस्था पनि हुन सक्छ । जतीबेला बिभिन्न किसिमका घरेलु उपचार पद्धतीहरुलाई अपनाउन सकिन्छ ।

    यदि लगातार टाउको दुखिरहेको छ भने एक गिलास मनतातो पानीमा आधा कागतीको रस मिसाएर पिएमा टाउको दुखाई निको हुन सक्छ । माइग्रेनको समस्यामा पुदिनाको सेवन निकै महत्वपूर्ण मानिन्छ । प्राचिन समयदेखि टाउको दुखाईको समस्यामा पुदिना खाने गरिन्थ्यो । यदि लगातार टाउको दुखेको छ भने पुदिनालाई चियामा हालेर पिउँदा यसले समेत टाउको दुखाईको समस्यालाई कम गर्न सहयोगी भुमिका खेल्ने गर्दछ ।

    त्यसैगरी जीराको धुलोमा अदुवा र धनियाँको रस हालेर बनाएको चिया पिउनाले लगातार दुखेको टाउको दुखाई निको हुने गर्दछ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउने ,नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ । टाउको दुखेको बेला घाम मा नगई आराम गर्नै गर्नु पर्छ जसले टाउको दुखाईको समस्याबाट सन्चो दिलाउने काम गरिरहेको हुन्छ ।  


  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • प्रतिक्रिया दिनुहोस