महेन्द्रनगर । दार्चुलामा शुक्रबार देखि परिरहेको अबिरल बर्षाले दार्चुलाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकामा जनधनको ठुलो मात्रामा क्षती पुर्याएको छ । अहिले सम्म बाढी पहिरोमा परेर ५ जनाको ज्यान गईसकेको छ,भने १० जना अझै बेपत्ता रहेका छन । हराइरहेकाहरुको खोजी कार्य भईरहेको तर महाकालीमा पानीको बहाव नघटेकोले खोजी कार्यमा ढिलाई भईरहेको दार्चुला प्रहरीले जनाएको छ । त्यसैगरी अझै ४० घरहरु जोखिममा रहेको प्रहरीले बताएको छ ।
.gif)