महेन्द्रनगर । लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित कैलालीमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलुकी उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशी रहेको प्रहरीले जनाएको छ । उनिहरु दुबै जनालाई आइतबार करिब १ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगरसहित प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
.gif)