महेन्द्रनगर । सम्पुर्ण कर्मचारीहरु लाई कार्यालयमा आउँदा पुरा बाहुला भएको लुगा लगाएर आउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । डेंगु रोगको जोखिम न्युनिकरण गर्नको लागी सोमबार सूचना जारी गर्दै सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गर्नुभएको हो ।
एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको मन्त्रालयले जनाएको छ । डेंगु रोगको सबैभन्दा उत्तम उपाय भनेको लामखुटट्ेको टोकाई बाट बच्नु भएकोले सरसफाईमा बिशेष ध्यान दिनको लागी समेत मन्त्रालयले आग्रह गरेको छ ।
.gif)