शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

म्यानमार र मलेसियाका राजदूतलाई शपथ


पश्चिम प्रेस
सोमबार, भदौ २७ २०७९
  • 558
    Shares

  • images
    images
    म्यानमार र मलेसियाका राजदूतलाई शपथ

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति हुनुहुन्थ्यो ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस