शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री मोदी रुसी राष्ट्रपतिलाई भेट्दै


पश्चिम प्रेस
बिहीबार , भदौ ३० २०७९
  • 576
    Shares

  • images
    images
    प्रधानमन्त्री मोदी रुसी राष्ट्रपतिलाई भेट्दै

    नयाँदिल्ली,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु को प्रमुखहरूको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भन्नुभएको छ । रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनुहुने भएको छ ।

    प्रधानमन्त्री मोदी पनि जाँदै हुनुहन्छ । हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्,“ अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भन्नु भएको छ । कोभिड–१९ महामारीको दुई वर्षपछि उज्बेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ । एससीओ धेरै सफल भएको छ । यो विभिन्न संयन्त्रहरू र विभिन्न ट्र्याकहरूमा व्यापक सहयोगको साथ स्थापित संस्था हो ।

    एससीओ सङ्गठनअन्तर्गत सयौं संयन्त्रहरू काम गर्दछ, राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, तर मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रुसी राजदूतले भन्नुभएको छ ।


  • सम्बन्धित विषय:

  • # नयाँदिल्ली
  • प्रतिक्रिया दिनुहोस