महेन्द्रनगर । सर्पले टोक्दा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको जनाइएको छ । मृत ओखेडा लाई राति सुतेको अवस्थामा सर्पले टोकेको हो । सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई बैद्यकहाँ लगिएको थियो। त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ ।
.gif)