शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा


पश्चिम प्रेस
शनिबार, असोज १ २०७९
  • 610
    Shares

  • images
    images
    संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

    काठमाडौँ । नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो । पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए ।

    संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस