महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । देशभर ३७४० नमुना परिक्षण गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर बिधिबाट १५७४ र एन्टिजेनबाट २१६६ नमुना परीक्षण गर्दा पीसीआर बाट ३५ र एन्टिजेनबाट २८ जनामा कोरोना पोविटिभ देखिएको हो । त्यसैगरी २४ घण्टामा १३९ जना कोरोना बाट निको भएका छन । हाल देशभर १९६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
.gif)