सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियान


पश्चिम प्रेस
आइतबार, असोज २ २०७९
  • 753
    Shares

  • images
    images
    कञ्चनपुरमा डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियान

    महेन्द्रनगर । कञ्चनपुरका डेंगु नियन्त्रण गर्न लार्भाको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान थालिएको छ । 
     जिल्लामा डेंगुको संक्रमण बढ्न थालेपछि यहाँका पालिकाहरुले लार्भा नष्ट गर्ने अभियान थालेका हुन । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरिक्षक सिद्धराज भट्टले केन्द्रको परिपत्र अनुसार सबै स्थानीयतहले लार्भाको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान थालेको बताउनुभयो । “केन्द्रको परिपत्र अनुसार सबै स्थानीय तहहरुले लार्भा नष्ट गर्ने अभियान थालेका छन ।” उहाँले भन्नुभयो–“भदौ यता कञ्चनपुरमा डेंगुका बिरामी बढेका छन यसको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।” 
     भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले वडास्तरमा अभियान सुरु भएको बताउनुभयो ।“वडा–१८ र १० मा यो अभियान सुरु भएको छ अन्य वडाहरुमा पनि यो अभियान सुरु हुन्छ ।” उहाँले भन्नुभयो–“हालसम्म भीमदत्तको वडा–१८र १० मा संक्रमण देखिएको छ ।”
     त्यसैगरी बेदकोट नगरपालिकाले पनि शुक्रबारदेखी नगरका सबै वडामा लार्भाको वासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान थालेको छ । बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले नगरका दश वटै वडामा लार्भा नष्ट गर्ने अभियान थालेको बताउनुभयो ।“अहिले बजार क्षेत्र,वडा कार्यालय र संघसंस्थाहरुमा यो अभियान सुरु गरेका छौ ।” उहाँले भन्नुभयो–“आवश्यकता अनुसार अभियानलाई निरनतरता दिने छौ ।”
     अभियानमा जनप्रतिनिधिको,स्वास्थ्यकर्मी, महिला स्वयंसेविका लागायतको टोली परिचालन गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # डेंगु नियन्त्रण
  • # लार्भा नष्ट गर्ने अभियान
  • प्रतिक्रिया दिनुहोस