शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै


पश्चिम प्रेस
आइतबार, असोज २ २०७९
  • 548
    Shares

  • images
    images
    कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

    काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस