शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित


पश्चिम प्रेस
बिहीबार , असोज ६ २०७९
  • 399
    Shares

  • images
    images
    नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित

    काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् ।

    संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी कृष्ण पहाडी बताउनुहुन्छ ।

    “राष्ट्रपति महोदयलाई मेरो आग्रह छ, संविधानले दिएको भूमिका निर्वाह गर्नुस्”–उहाँले भन्नुभयो । संविधानविपरीतको यो कदमको न्यायिक निरुपण गरिनुपर्नेमा पनि पहाडीले जोड दिनुभयो । लोकतन्त्र र संविधान मुख्य कुरा हो अरु गौण कुरा भएको उल्लेख गर्नुहुँदै उहाँले दुवैका विरुद्ध राष्ट्रपति प्रयोग हुनु दुःखद रहेको बताउनुभयो ।

    राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रा कपिल श्रेष्ठले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नहुँदा संविधानको मर्ममा असर पर्ने तर्क गर्नुभयो ।


  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक
  • प्रतिक्रिया दिनुहोस