मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

काठमाण्डौँको कपनमा युवक युवती मृत अवस्थामा फेला


शुक्रबार, पुस २३ २०७८
  • 782
    Shares

  • images
    images
    काठमाण्डौँको कपनमा युवक युवती मृत अवस्थामा फेला


    काठमाडौंको कपनमा सँगै  बस्दै आएका यवक र युवती मृत अवस्थामा फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिक  भाडामा बस्दै आएका  खोटाङको साकेला गाउँपालिका–२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले बताएको छ। मृतक दुबैको शरीरमा चोट देखिएकोले  धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




    प्रतिक्रिया दिनुहोस