मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा नेकपा एमालेको ८ औँ अधिवेशन सुरु


शुक्रबार, पुस २३ २०७८
  • 659
    Shares

  • images
    images
    कञ्चनपुरमा नेकपा एमालेको ८ औँ अधिवेशन  सुरु

    कञ्चनपुरमा नेकपा एमालेको जिल्ला अधिवेशन शुक्रबार सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६१ जिल्लामा हुन लागेको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै राष्ट्रिसभा निर्वाचनमा नतिजा आफ्नो पार्टी अनुकूल आउन नसक्ने बताएका छन् । एमाले पार्टीे राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएको सुखका आधारसहितको समृद्धि चाहने पार्टी हो, महान कार्यमा व्यवधान आउँछन् । व्यवधानहरुलाई पञ्छाउँदै हामी अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । कञ्चनपुरमा नयाँ नेतृत्वका लागि हुन लागेको जिल्ला अधिवेशनमा विभिन्न पदका लागि आकाङ्क्षी नेताहरु अ– आफ्नो कसरतमा लागेका छन् ।  अध्यक्ष बीर बहादुर थापा (पातल) र भीनपाका मेयर सुरेन्द्र विष्ट बीच अध्यक्ष पदका लागि अन्तिम कसरत भइरहेको छ । पार्टी केन्द्रले सहमतिमै टुङ्गो लगाउने निर्देशन दिए पनि अध्यक्ष पदका लागि दुबै जना बलिया उम्मेदवार भएकाले आफ्नो पक्षमा समर्थन जुटाउन भित्रभित्रै तयारी भइरहेको छ । 

     




    प्रतिक्रिया दिनुहोस