शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

आयोगबाट रकमान्तरको विवरण माग


पश्चिम प्रेस
शुक्रबार, असोज ७ २०७९
  • 715
    Shares

  • images
    images
    आयोगबाट रकमान्तरको विवरण माग

    काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ । आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय र निकायका योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएका विषयमा विवरण माग गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    आयोगले उक्त विषयमा २४ घन्टाभित्र अर्थ सचिवबाट विवरण पेस गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो । सङ्घीय संसद्बाट आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस