महेन्द्रनगर । कोहलपुरका पुष्कर शाही मंगलबार बिहान गड्डाचौकी नाकामा पुगे ।
रोजगारीको लागि भारतको हिमाञ्चल गएका उनी दशै मनाउन घर फर्केका हुन । नाकामा उनले चेकजाँचका नाममा निकै सास्ती खेप्नुपर्यो । सुरुमा भारतबाट नेपाल प्रवेश गर्ने बित्तिकै उनलाई नाकामा शसस्त्र प्रहरीले रोकेर स्वास्थ्य परिक्षणका लागि पठायो त्यहा स्वास्थ्य परिक्षण गरेर उनी अटो रिक्सामा महेन्द्रनगरतर्फ आए । नाकाबाट करिब सय मिटर अगाडी आउँदा अटो चालकले अटो रोक्यो । अटोको अगाडी अन्य सवारी साधन लामबद्ध थिए ।
उनले सोच दशैको बेला भीभाड भएका कारणले टूाफिक जाम भएको हुनसक्छ तर त्यहाँ प्रहरीले चेकजाँच गरिरहेकाले उनले करिब आधाघण्टा लाईनमा बस्नु पर्यो । प्रहरीकहाँ चेकजाँच गराएका उहाँले २० मिटरको दुरीको अझ आधाघण्टा लाईन बस्नु पर्यो त्यहा शसस्त्र प्रहरीको चेकजाँच रहेछ । “सुरुमा प्रहरीले चेकजाँच गर्यो त्यसपछि शसस्त्र प्रहरीले चेकजाँच गर्यो करिब २० मिटरको दुरीमा ।” उनले भने(“एकै ठाउँमा चेकजाँच भएको भए हामी यात्रुलाई पनि सजिलो हन्थ्यो ।”
प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना भन्दै नाकामा तालिम प्राप्त कुकुर सहितको सुरक्षा टोली खटाएर चेकजाँच गरिरहेको छ भने शसस्त्र प्रहरीले भन्सान ब्यारियलमा चेकजाँच गरिरहेको । दशगजा नजिक स्वास्थ्य परिक्षणका लागि छुट्टै चेकजाँच भइरहेको छ यसले गर्दा भारतबाट नेपाल फर्कने नागरिकहरुले निकै सास्ती खेप्नु परेको छ । दशै सुरु भएसंगै गड्डाचौकी नाकामा भारतबाट घर फर्किनेको चाप बढेसंगै नाकामा चेकजाँचका लागि प्रहरीले कुकुर परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिलि’ नामको कुकुर परिचालन भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्याम सिंह चौधरीले दशैं तिहार सुरक्षा योजना अन्र्तगत नाकामा कुकुर परिचालन गरिएको बताए । “चाडपर्व सुरक्षा योजना अन्र्तगत नाकामा तालिम प्राप्त कुकुर सहितको सुरक्षा टोली परिचालन गरेका छौ ।” उनले भने(“भारतबाट आउने यात्रुहरुको सुरक्षित यात्राको लागि र अपराधिक गतिविधि न्युनिकरणको लागि नाकामा कुकुर परिचालन गरिएको हो ।”
उनले चाडपर्वको बेला हुने अपराधिक क्रियाकलाप न्युनिकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताए । उनका अनुसार लिलिले नियमित रुपमा नाकामा चेकजाँच गर्ने बताए । उहाँले जिल्लामा गस्ती र चेकजाँच बढाउनुका साथै सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको बताए । अहिले प्रहरीले सामान्य अवस्थाभन्दा बढी जनशक्ति परिचालन गरेको छ । गड्डाचौकी नाकादेखी खक्रौला नाकासम्मको ४२ किलोमिटर राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ, लागूऔषध, हतियारजन्य वस्तुलगायत भित्रिन नपाओस भनेर नाकामा कुकुरसमेत राखेर चेकजाँच गरिन लागेको हो ।
.gif)