मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा दुई दिन मदिरा बिक्रि वितरणमा रोक


पश्चिम प्रेस
शुक्रबार, असोज १४ २०७९
  • 676
    Shares

  • images
    images
    कञ्चनपुरमा दुई दिन मदिरा बिक्रि वितरणमा रोक

    महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले  दशैँ र तिहारलाई लक्षित गरेर दुई मदिरा बेचबिखनमा रोक लगाएको छ ।
     चाडपर्वका बेला मदिरा सेवन गरी हुने हिंसात्मक गतिविधि रोक्न सर्वपक्षीय बैठकले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । 
     “दशैँमा एक दिन नवमी देखी दशैँको टीकासम्म २४ घण्टा मदिरा बिक्रि वितरणमा रोक लगाएका छौ ।” उनले भने–“ तिहारमा पनि एक दिन मदिरा बिक्रि वितरणमा रोक लगाएका छौ ।” चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने र दुर्घटना निम्तिने लगायतका घटना हुने भएकाले यसको न्युनिकरणका लागि प्रशासनले सर्वपक्षिय बैठकबाट दुई दिन मदिरा बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको उनले बताए ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रशासन कार्यालय कञ्चनपुर
  • # मदिरा बेचबिखन
  • # चाँडपर्व
  • प्रतिक्रिया दिनुहोस