शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

एमाले छाडेको घनश्याम भूसालको घोषणा


पश्चिम प्रेस
शनिबार, असोज २२ २०७९
  • 511
    Shares

  • images
    images
    एमाले छाडेको घनश्याम भूसालको घोषणा

    महेन्द्रनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन्।पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन्।
    भूसालले सामाजिक सन्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

    Ghanshyam.jpg


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # घनश्याम भूसाल
  • प्रतिक्रिया दिनुहोस