बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर ३ लेखक भर्सेस पाल कस्ले मार्ला बाजी ?


पश्चिम प्रेस
आइतबार, असोज २३ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुर ३ लेखक भर्सेस पाल कस्ले मार्ला बाजी ?

    महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता रमेश लेखक र एमालेका तर्फबाट निरु पालबीच मुख्य प्रतिसप्रर्धा हुने भएको छ । 
     आज दुबै जनाले प्रतिनिधिसमा सदस्यमा उम्मेदवारी दिएका छन २०७४ को निर्वाचनमा काँग्रेसका उम्मेदवार रमेश लेखक झिनोमतले पराजित भएका थिए । उती बेला कांग्रेस एक्लै चुनाव लड्दा लेखकले २६ हजार १०६ र एमाले माओवादी गठबन्धनका उम्मेदवार डा.दीपक प्रसाद भट्टले २६ हजार ३६४मत प्राप्त गरेका थिए । क्षेत्र ३मा ९७ हजार ८२२ मतदाता रहेका छन ।
    सत्ता गठबन्धनका तर्फबाट प्रदेश ३(क) माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट, (ख)मा काँग्रेसका बेल बहादुर राना उम्मेदवार भएका छन । प्रदेश सभा ख मा नेकपा एमालेका पार्टी अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार भएका छन भने प्रदेश सभा ख मा एमालेको समर्थनमा राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले उम्मेदवारी दर्ता गराएका छन । प्रदेश सभा क बाट कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन । त्यसैगरी नेकपा एकिमृत समाजवादीका नेता तथा सुदूरपश्चिम प्रदेशका आर्थीक मामीला मन्त्री प्रकाश रावलले प्रदेशसभा क मा उम्मेदवारी दर्ता गराएका छन ।
     त्यसैगरी क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता एनपी साउद र  प्रदेश सभा क मा काँग्रेसका बहादुर सिह थापा र ख मा माओवादी केन्द्रका ओमबिक्रम भाट सरलले उम्मेदवारी दर्ता गराएका छन । प्रदेश सभा ख मा समाजवादीका लाल वहादुर खड्काले पनि उम्मेदवारी दर्ता गराएका छन ।
     नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नर वहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन । प्रदेश सभा सदस्यमा बचन वहादुर सिंह र कृपा राम रानाले उम्मेदवारी दिएका छन ।
     क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका विना मगरले उम्मेदवारी दर्ता गराएका छन । प्रदेश सभा सदस्यमा कांग्रेसका दिवान विष्ट र बन्धु रानाले उम्मेदवारी दर्ता गराएका हुन । एमालेबाट संघ प्रतिनिधिसभा सदस्यमा तारालामा तामाङ प्रदेश सभा सदस्यमा बिर बहादुर थापा र पल्लवरा भट्टले उम्मेदवारी दर्ता गराएका छन ।
    क्षेत्र नम्बर ३ मा कांग्रेस पार्टी परित्याग गरि महाधीवेशन प्रतिनिधि समेत रहेकि शारदा चन्दले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकि छन भने क्षेत्र नम्बर २ मा ईन्जिनियर जगदीश अवस्थीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन । 
     


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # रमेश लेखक
  • # निरु पाल
  • प्रतिक्रिया दिनुहोस