मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गड्डाचौकी नाकामा मन्त्री र सीडीओको अनुगमन


पश्चिम प्रेस
आइतबार, पुस २५ २०७८
  • 845
    Shares

  • images
    images
    गड्डाचौकी नाकामा मन्त्री र सीडीओको अनुगमन

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सामाजीक विकास मन्त्री लालबहादुर खड्का र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय लगायतको टोलीले  कञ्चनपुरको गड्डाचौकी नाकामा स्थलगत अवलोकन गरेका छन । 
    गड्डाचौकी नाका भएर भारतबाट आउनेहरुमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि सामाजीक विकास मन्त्री लालबहादुर खड्का, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे, जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गड्डाचौकी नाकाको अवस्था र नेपाली सेनाले निमार्ण गरिरहेको होल्डीङ्ग सेन्टरको अवस्थाको बारेमा जानकारी लिएका छन । 
    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेकाले सबै निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको बताए । उनले सुदूरपश्चिम प्रदेश संग जोडिएका सबै सिमानाकामा कोरोना परिक्षण र खोप नलगाएकाहरुलाई खोप लगाउने काम भइरहेको बताए ।
    त्यसैगरी प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि सर्तकता सिमाक्षेत्रमा कडाईका साथ सर्तकता अपनाइएको बताए । उनले स्थानीय तहहरुलाई सबैलाई खोप लगाउनेर स्वास्थ्यका मापदण्ड पालना गर्न भनेको र होल्डीङ्ग सेन्टर व्यवस्थापनको लागि छलफल भइरहेको बताए ।  संघिय सरकारले नेपाली सेना मातहत भीमदत्तनगरपालिका–१८ शालघारीमा १ हजार क्षमताको होल्डीङ्ग सेन्टर निमार्ण अन्तिम चरणमा पुगाएको छ ।  होल्डिीङ्ग सेन्टरको काम ९० प्रतिशत सकिएको निमार्ण कम्पनीले जनाएको छ । निमार्ण कम्पनीका लक्ष्मण सापकोटाले ३ सय बेड तत्काल सञ्चालन गर्न मिल्ले गरी तयारी अवस्थामा रहेको बताए । 


    प्रतिक्रिया दिनुहोस