शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

छलांग सपनाले बनायो ‘स्वतन्त्र’


पश्चिम प्रेस
शुक्रबार, असोज २८ २०७९
  • 730
    Shares

  • images
    images
    छलांग सपनाले बनायो ‘स्वतन्त्र’

    महेन्द्रनगर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको माहोल तात्दै गर्दा निर्वाचन क्षेत्र नं. ३ चर्चाको केन्द्रमा छ ।
    जिल्लाको सदरमुकाम र बढी मतदाता भएको निर्वाचन क्षेत्रमा विगतदेखि हालसम्म चुनावका बेला चर्चामा मात्रै नभई अनेकन हल्लाले बजार तात्ने गरेको स्थिती छ । सुदूरपश्चिममै नेपाली कांग्रेसका लागि सुरक्षित मध्ये मानिएको क्षेत्र पनि हो नं. ३ । यहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखक वरपर राजनीतिक चक्करहरु लागिरेहका पनि हुन्छन् ।
    राष्ट्रिय राजनीतिमा समेत आफ्नो छुट्टै छवि बनाएका लेखकमाथि आसन्न निर्वाचनमा धावा बोल्ने केही अवसरवादी तहका नेताहरु पनि सक्रिय छन् ।
    पार्टी पद्धती र अनुशासनमा रहने भन्दा पनि रातारात सांसदको निर्वाचनमा बिजयीको माला पहिरने सपना बोकेका केही कांग्रेसहरु पार्टीबाट बिचलीत भइ स्वतन्त्र उम्मेदवारको रुपमा अघि सरेका छन् ।
    निर्माण व्यवसायी क्षेत्रमा काम गरिरहेका दीपक बहादुर सिंह कांग्रेसमा टिकट नपाएपछि क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
    पार्टीको १४ औं महाधिवेशनका बेला महाधिवेशन प्रतिनिधी बनेका सिंह चुनाव जित्नका लागि उम्मेदवार नभएको कांग्रेस नेताहरुको भनाई छ ।
    “ एक पटक महाधिवेशन प्रतिनिधीपछि सिंह सिधै प्रतिनिधीसभाको सपनामा पुगे ।” कांग्रेस निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशब चन्दले भने–“ पार्टीले सिनियर नेतालाई उम्मेदवार बनाउने निर्णय गरेपछि केही मान्छे स्वतन्त्र भए ।”
    पार्टी राजनीतिमा रहँदा यहाँ सिंहले गरेका विकास निर्माणको पहल र कुनै सामाजिक गतिविधी भने सञ्चालन गरेको देखिदैन् ।
    त्यसैगरी कांग्रेसमा दुई पटक महाधिवेशन प्रतिनिधी भएर राजनीतिमा होमिएका अधिकारकर्मी शारदा चन्द पनि चुनावी दौडमा छन् ।
    केही समयअघि नै पार्टीबाट राजीनामा दिएर प्रतिनिधीसभाको निर्वाचन तयारीमा जुटेकी चन्दलाई प्रमुख दलका उम्मेदवारका अगाडी चुनाव जित्न सहज भने देखिदैन् ।
    सामाजिक कार्यमा सक्रिय रहेपनि पछिल्लो समय राजनीतिमा लागेर कुनै अवसरको खोजीमा रहेकी चन्दले निर्वाचनका लागि कुनै ठोस मतदाताको मन जित्ने खालका एजेण्डा भने ल्याएको देखिदेन् ।
    कतिपय कांग्रेस नेताहरु पार्टीभित्रको गुटगत राजनीतिले सिंह र चन्दलाई स्वतन्त्र उम्मेदवार बनाएको भन्न पछि परिरहेका छैनन् ।
    त्यसैगरी केही महिनाअघि मात्रै कांग्रेसकै लबिबाट कञ्चनपुर उद्योग बाणिज्य संघको नेतृत्वमा पुगेका व्यवसायी पीताम्बर जोशी निर्वााचन क्षेत्र नं. ३ को प्रदेशसभा १ (क)बाट स्वतन्त्र उम्मेदवार छन् ।
    नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी पराजित भएपछि जोशी भीमदत्त नगरपालिकाको मेयरको टिकटका लागि दौडमा थिए । केही समयअघि मात्रै कांग्रेसमा आएका जोशी प्रदेशसभा निर्वाचन ह्वील माछा चुुनाव चिन्हबाट प्रतिस्प्रर्धामा छन् ।
    व्यवयासीहरुको प्रतिनिधीत्व गर्दै चुनावमा हिडेको दाबी गरेपनि जोशीलाई नीजि क्षेत्रको अग्रणी संस्थाबाट राजीनामा वा कार्यबाहक दिनुपर्ने विषय पनि व्यवसायीहरुभित्रबाटै उठेको छ । तर जोशी संघको नेतृत्वमा रहेरै चुनाव जित्न सहज हुने कम्जोर मानसिकता पालेर बसेका छन् ।
    “कांग्रेस ठुलो पार्टी हो यहाँ दशकौं योगदान दिएका साथीहरुले पनि अवसरकै लाइनमा छन् ।” क्षेत्रीय सभापति चन्दले भन्नुभयो–“ रातारात छर्लाङ्ग मारेर ठुलै सफलता मिलिहाल्ने मानसिकताका मान्छेहरु कांग्रेसमा अटाउन सक्दैनन् ।”
    उहाँका अनुसार नेपाली कांग्रेस कञ्चनपुरको अनुशासन विभागले बिहीबार कांग्रेसका बाघी र तिनका प्रस्तावक र सर्मथकलाई समेत कारबाही गरिसकेको छ ।
    नेकपा माओवादी केन्द्रसहित गठबन्धन गरेर यहाँ चुनावी मैदानमा नेतृत्व गरिरहेको कांग्रेसका नेता लेखक स्थानीय तहको निर्वाचनको मतबाट पनि जित्न सहज हुनेमा आशावादी छन् ।
    “रमेश लेखक मन्त्री हुदा यहाँका ठुला देखि साना आयोजनासम्म ल्याएर विकासमा फड्को मारिरहेकै कारण अहिले अरु प्रतिस्प्रर्धीहरुसित चुनावी एजेण्डा नै गतिला देखिएन ।” चन्दले भन्नुभयो–“ दोधारा चादँनीलाई मुलधारमा जोड्नेदेखि महाकालीमा निर्माणाधीन पक्की पुल हुदै त्रिदेशिय नाकाको परिकल्पना लेखकले गरेका छन् ।”

     


  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • प्रतिक्रिया दिनुहोस